Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बलियो, पोखरा र विराटनगर बाहिरिए

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बलियो, पोखरा र विराटनगर बाहिरिए

  • शनिवार, मंसिर २९ २०८१

  • 852
    SHARES

  • जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बलियो, पोखरा र विराटनगर बाहिरिए
    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । आज भएको दोस्रो खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।
     
    अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
     
    चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल अघि नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
     
    अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् । आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ । काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नै पर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएमा भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ ।
     
    जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुङ्गो लाग्नेछ ।
     
    अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
     
    १८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा अलआउट भयो । जनकपुरका लागि जीमी निशमले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । 
     
    चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले २–२ विकेट लिए । अमर सिंह राउटेलाले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको अर्धशतक मदतमा ५ विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ६७ छक्का प्रहार गरे । बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए ।
     
    आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।
     


    शनिवार, मंसिर २९ २०८१०४:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij