Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कप्तान कुशल मल्लको विस्फोटक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

कप्तान कुशल मल्लको विस्फोटक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

  • शनिवार, मंसिर २९ २०८१

  • 646
    SHARES

  • कप्तान कुशल मल्लको विस्फोटक ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
     
    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।
     
    उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
     
    जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक एक विकेट लिए ।


    शनिवार, मंसिर २९ २०८१०३:०४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij