Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएलमा आज पनि दुईवटा खेल

एनपीएलमा आज पनि दुईवटा खेल

  • शुक्रवार, मंसिर २८ २०८१

  • 542
    SHARES

  • एनपीएलमा आज पनि दुईवटा खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्।

    पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन्। पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौँ स्थानमा छन्।

    यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन्। पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ।

    एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन्।

    जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ ।


    शुक्रवार, मंसिर २८ २०८१०७:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij