Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई निलम्बन र खारेजीसम्मको चेतावनी

एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई निलम्बन र खारेजीसम्मको चेतावनी

  • बिहिवार, मंसिर २७ २०८१

  • 594
    SHARES

  • एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई निलम्बन र खारेजीसम्मको चेतावनी

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै एम्बुलेन्स सेवाको दुरुपयोग गरेको पाइएमा निलम्बन र खारेजीसम्म गर्ने चेतावनी दिएको हो ।

    देशका विभिन्न स्थानहरूमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासाहरू प्राप्त भइरहेकाले मन्त्रालयको ध्यानाकर्षण गराएको सूचना उल्लेख छ ।

    सो सूचनामा उल्लेख गरिएको छ, ‘एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ। साथै, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार गठित प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई प्रभावकारी अनुगमन र निगरानी गर्न क्रियाशील रहेका छन् ।

    अनुगमन गर्दा एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउने देखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ । अतः उक्त प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन मन्त्रालय सम्बद्ध पक्षहरूलाई अनुरोध गर्दछ ।’


    बिहिवार, मंसिर २७ २०८१०६:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij