काठमाडौं। सेयर बजार आज पुनः राताम्मे भएको छ। साताको अन्तिम कारोबारको दिन बिहिबार आज बजार ३३.४२ अंकले घटेर परिसूचक २६८२.२९ बिन्दु कायम भएको छ ।
अघिल्लो दिन ४५ अंक बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आउँदा परिसूचक २७ सय बिन्दुबाट तल झरेको छ। आज ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको भएपनि बाँकी समूहको उपसूचक राताम्मे भएका छन्। ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।