Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एनपीएलः लुम्बिनी प्ले अफको दौडबाटै बाहिरियो, काठमाडौं १८ रनले विजयी

एनपीएलः लुम्बिनी प्ले अफको दौडबाटै बाहिरियो, काठमाडौं १८ रनले विजयी

  • बुधवार, मंसिर २६ २०८१

  • 903
    SHARES

  • एनपीएलः लुम्बिनी प्ले अफको दौडबाटै बाहिरियो, काठमाडौं १८ रनले विजयी

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स प्लेअफ दौडबाटै बाहिरिएको छ। त्रीवि क्रिकेट मैदान किर्तीपुरमा आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डुसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो। काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए। यद्यपि,पिचले स्पिनरलाई अत्यधिक सहयोग गरेको थियो ।

    दुवै टिमका ब्याटरले स्पिन बलरलाई राम्ररी झेल्न सकेका थिएनन्। काठमाडौंका लागि भीम सार्कीले संघर्ष गर्दै सर्वाधिक ३१ रन बनाएका थिए । तर, आठौं नम्बरमा आएर प्रतिक श्रेष्ठले खेलेको केमियो इनिङ खेलमा निर्णायक बन्यो ।

    अन्य ब्याटरहरुले प्रति बल रन हान्न पनि संघर्ष गरिरहेको पीचमा उनले १४ बलमा २१ रन जोड्न सफल भए। काठमाडौंले १६ रनले खेल जित्यो । लुम्बिनीका सन्दीप जोराले २९ बलमा सर्वाधिक २६ रन बनाए । तर, करण केसीलाई छक्का हान्न खोज्दा जोरा क्याचआउट भएसँगै लुम्बिनीको सम्भावना समाप्त भयो ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आज चलेनन् । उनी १५ बल खेल्दै ८ रनमा आउट भए। ओपनर उन्मुक्त चन्दले १४ रन र सुर्य तामाङले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । एनपीएलको पहिलो चरणमा लिग चरणबाट बाहिरिने पहिलो टिम लुम्बिनी बनेको छ ।

     


    बुधवार, मंसिर २६ २०८१०४:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij