Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चीनसँगको ऐतीहासिक सम्झौता नै वर्तमान सरकारको ठुलो उपलब्धि: लीलानाथ श्रेष्ठ

चीनसँगको ऐतीहासिक सम्झौता नै वर्तमान सरकारको ठुलो उपलब्धि: लीलानाथ श्रेष्ठ

  • बुधवार, मंसिर २६ २०८१

  • 466
    SHARES

  • चीनसँगको ऐतीहासिक सम्झौता नै वर्तमान सरकारको ठुलो उपलब्धि: लीलानाथ श्रेष्ठ

    काठमाडौं । एमालेका नेता लीलानाथ श्रेष्ठले चीनसँगको ऐतीहासिक सम्झौता नै वर्तमान सरकारको ठुलो उपलब्धि भएको बताउनुभएको छ ।

    चीन सरकारसँग बीआरआई सम्झौता सहमतिमा हुनु नै ठुलो सफलता मान्नुपर्ने पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले विगतको तुलनामा अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्दै वर्तमान सरकारले राम्रा कामको सुरुवात गरेको दाबी गर्नुभयो ।

    यस्तै उहाँले वर्तमान सरकारलाई जति प्रयास गरे पनि कसैले ढाल्न नसक्ने र ०८४ सम्मै रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

    सरकारविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयम विभिन्न किसीमका अभिव्यक्ति दिनु सरकारबाट बाहिरिनुपरेको पिडाबाहेक अरु केहि नभएको आरोप लगाउनुभयो ।

    पाँच वर्ष नै कहिले एमाले र कहिले कांग्रेससँग मिलेर सरकारमा रहने रणनीतिमा रहेका प्रचण्ड आफू बिचमै बाहिरीनु परेको आवेगलाई पोख्दै र जनता भाड्दै हिडिरहेको नेता श्रेष्ठको टिप्पणी रहेको छ ।


    बुधवार, मंसिर २६ २०८१०९:५०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij