काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरामाथी कर्णालीले जित हात पारेको छ। आज पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिए। पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।