Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १८८ रनको लक्ष्य पेस

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १८८ रनको लक्ष्य पेस

  • शनिवार, मंसिर २२ २०८१

  • 671
    SHARES

  • एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १८८ रनको लक्ष्य पेस

    काठमाडौं। नेपाल प्रिमिएर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

    सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । यो उनको पहिलो अर्धशतक हो ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए। ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

    लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

     


    शनिवार, मंसिर २२ २०८११०:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij