काठमाडौँ। सांस्कृतिक संस्थानका दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। संस्थानमा कार्यरत कलाकार गोरन चौधरी र तिलक सुनवारको सडक दुर्घटनामा मृत्यु भएको संस्थानका महाप्रबन्धक अशोक राईले जानकारी दिए।
उनले भने, ‘कलाकार साथीहरु शुक्रबार छुट्टी मनाएर फर्किँदै गर्दा बाइक दुर्घटनामा परी अस्पताल भर्ना हुनु भएको थियो, उपचारको क्रममा उहाँहरुको निधन भएको छ।’