काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजसामु १६८ रनको लक्ष्य पेस गरेको छ। त्रिवी क्रिकेट मैदानमा जारी प्रतियोगिताको नवौँ खेलमा आज सुदूरपश्चिमले काठमाडौं सामु १६८ रनको लक्ष्य पेस गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ब्रान्डन म्याकमुलनको अर्धशतक, कप्तान दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको राम्रो पारीको मद्दतले ६ विकेटको क्षतिमा १६८ रन जोडेको हो।
म्याकमुलनले ३६ बलमा ५३ रन जोड्दा दीपेन्द्रले २५ बलमा ४३ र विनोदले २८ बलमा ३५ रनको योगदान दिए।
काठमाडौंका तर्फबाट रसिद खानले चार ओभरमा २० रन खर्चेर २ विकेट, शाहब आलमले ४ ओभरमा २८ रन खर्चेर एक विकेट कप्तान करन केसीले ४ ओभरमा ४० रन खर्चेर एक विकेट र गेरार्ड एरासमसले २ ओभरमा ९ रन खर्चेर एक विकेट लिए।