Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना निको हुनेको संख्या एक लाख ६८ हजार नाघ्यो

कोरोना निको हुनेको संख्या एक लाख ६८ हजार नाघ्यो

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 741
    SHARES

  • कोरोना निको हुनेको संख्या एक लाख ६८ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख ६८ हजार नाघेको छ । आज तीन हजार ५३७ संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

    यस्तै, आज थप थप २ हजार १११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ भने हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी, संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।
    यता, सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

    रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ ।

    मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

    त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

     


    शुक्रवार, कार्तिक २८ २०७७०५:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij