Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एनपीएल: चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हरायो

एनपीएल: चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हरायो

  • सोमवार, मंसिर १७ २०८१

  • 523
    SHARES

  • एनपीएल: चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हरायो


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ।

    चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


    पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको चितवनले थप ४ ओभरमा ३ विकेट गुमायो। १० ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको चितवनले सम्हालिएको पारी खेल्दै पहिलो जित दर्ता गरेको हो। चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रनमा बनाउँदै अविजित रहे । ३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्।


    उनीसँगै शरद भेषवाकर ११ रनमा अविजित रहे । यी दुईले छैटौं विकेटका लागि ४६ रनको अविजित साझेदारी गरे। चितवनका लागि दोस्रो ओभरको अन्तिम बलमा साहब आलमले दिपक बोहोरालाई एलबीडब्ल्यु आउट गराए। उनले ७ रन बनाएर आउट भए।


    दोस्रो विकेट पनि साहब आलमकै नाममा रह्यो । उनले हसन इसाखिललाई विकेटकिपर स्टेफन स्किनाजीबाट स्टम्पिङ आउट गराए। इसाखिल १२ रन बनाइ पेभेलियन फर्किए। तेस्रो विकेट लुक बेन्केन्स्टाइनको भयो। उनले १७ बलमा १ चौका र २ छक्कासहित २२ रन प्रहार गरे। चौथो विकेट कप्तान कुशल मल्लको भयो। उनी ११ बलमा ११ रन बनाउँदै शंकर रानाको हातबाट क्याच आउट भए।

    पाँचौं विकेट रवि बोपाराको गयो। नवौं ओभरको पाँचौं बलमा साहब आलमको बलमा विकेटकिपर इस्किनाजीको हातबाट पिचमा नै क्याच भए। गलत सटका कारण उनी आउट भए। काठमाडौंका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए।

    गेरहार्ड इरास्मस र डान डाउथवेटले समान १÷१ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा १११ रन बनायो।

    काठमाडौंका लागि तेस्रो क्रममा आएका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा १ चौका प्रहार गरेका हुन्।
    शंकर रानाले १६, माइकल लेभिटले २५ रन बनाए भने डान डाउथवेट १९ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ५ विकेट लिए।

     


    सोमवार, मंसिर १७ २०८११२:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij