Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुनै पनि देशबाट तत्कालका लागि ऋण लिनु राम्रो होइन: विरोध खतिवडा

कुनै पनि देशबाट तत्कालका लागि ऋण लिनु राम्रो होइन: विरोध खतिवडा

  • आइतवार, मंसिर १६ २०८१

  • 534
    SHARES

  • कुनै पनि देशबाट तत्कालका लागि ऋण लिनु राम्रो होइन: विरोध खतिवडा

    काठमाडौं । नेकपा एसका नेता विरोध खतिवडाले कुनै पनि देशबाट तत्कालका लागि ऋण लिन नहुने बताउनुभएको छ ।

    विगतमा लिन सकिने भए पनि अहिले तत्कालका लागि भने तिर्न सक्ने अवस्था नरहेकाले कुनै पनि देशबाट ऋण लिन नहुने नेता खतिवडाको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता खतिवडाले नेपाल अहिले ऋण थेग्न सक्ने अवस्थामा नरहेकोले सबैले यो कुरालाई बुझेर मात्रै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण पूरानै ढर्राको भएको बताउँदै उहाँले गरिव मुलुक भएकाले सानो टोलीमा जाँदा हुने भए पनि जंगबहादुर बेलायत गएको जस्तो भ्रमण टोलीमा जम्बो ८७ जना टोली जानु गलत भएको तर्क गर्नुभयो ।

    गरिव मुलुक यतिधेरै टोलीमा देख्दा चीन पनि दंगै पर्नसक्ने नेता खतिवडाको भनाइ छ ।

    यस्तै उहाँले कांग्रेस र एमालेको समिकरणबाट बनेको वर्तमान सरकार धेरै नटिक्ने बताउनुभएको छ । अहिलेसम्म देश र जनताले अनुभुति गर्ने खालको एउटा पनि काम नगरेको आरोप लगाउँदै सरकार कुर्सी, पद र शक्तीमै रमाएको बताउनुभयो ।


    आइतवार, मंसिर १६ २०८१०८:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij