Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुलुकको बर्बादीको कारण नै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु: चन्द्र भण्डारी

मुलुकको बर्बादीको कारण नै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु: चन्द्र भण्डारी

  • शुक्रवार, मंसिर १४ २०८१

  • 540
    SHARES

  • मुलुकको बर्बादीको कारण नै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु: चन्द्र भण्डारी

    नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले देशका प्रमुख नेताहरुलाई मुलुकको चिन्ता नै नभएको बताउनुभएको छ । आफ्नो र आफ्नैका लागि मात्रै पदको उपयोग भइरहेको नेता भण्डारीको आरोप रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले युवाहरुलाई निराश बनाएर पलायल हुन बाध्य पार्ने देशको बागडोर सम्हालेका नेताहरु नै भएको आरोप लगाउनुभयो ।

    केहि गर्छु भन्ने सोच र सपनासम्म पनि देख्न सकिने परिस्थिती नभएपछि विदेशीक्रम बढीरहेको उहाँको तर्क रहेको छ । मुलुकको बर्बादीको कारण नै पूर्वप्रधानमन्त्री-पूर्वप्रधानमन्त्रीहरु रहेको नेता भण्डारीको आरोप रहेको छ ।

    प्रधानमन्त्री, मन्त्री र नेताहरुमा देशको लागि राम्रो गरौं, विकाश गरौं भन्ने आट, इच्छाशक्ती नै नभएको नेता भण्डारीको भनाइ रहेको छ ।

    यस्तै नेता भण्डारीले बीआरआई परियोजनाबारे क्षमता अनुसारमात्रै अगाडि बढ्ने बताउनुभएको छ । कांग्रेस, एमाले र प्रतिपक्षले के भन्छन् भन्दा पनि मुलुकले ऋण धान्न सक्छ या सक्दैँन भन्ने कुरा पहिलो प्राथमिकतामा आउने उहाँको भनाइ रहेको छ ।


    शुक्रवार, मंसिर १४ २०८१०८:३०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij