Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वामदेव फकाउँदै ओली, प्रचण्डले भने, ‘तीव्र ध्रुवीकरण भैसक्यो

वामदेव फकाउँदै ओली, प्रचण्डले भने, ‘तीव्र ध्रुवीकरण भैसक्यो

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.6K
    SHARES

  • वामदेव फकाउँदै ओली, प्रचण्डले भने, ‘तीव्र ध्रुवीकरण भैसक्यो

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा तीव्र ध्रुवीकरण भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले निरन्तर अपपान र धोका दिएको बताउँदै उहाँले अबको लडाई वारपारको स्थितिमा रहेको बताउनुभयो ।

    तर पार्टी विभाजनकै अवस्थामा पुगे पनि पूर्ववर्त पार्टीका रुपमा फ्याक नहुने प्रचण्डको दाबी छ । बुधबार आफूलाई भेट्न खुमलटार आएका पार्टीका विद्यार्थी नेताहरुसँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

    छलफलमा सहभागी अनेरास्ववियुका नेता रञ्जित तामाङका अनुसार अध्यक्ष प्रचण्डले पार्टी फुट्न नदिन अधिकतम प्रयास गरिरहेको कुरा अवगत गराउनुभएको थियो । तर खराब परिस्थिति सृजना भइ पार्टी फुट्ने अवस्था आए पूर्व एमाले र पूर्वमाओवादीका रुपमा विभाजन नहुने प्रचण्डको भनाई थियो । पार्टीमा तीव्र धु्रवीकरण भइरहेकोले अब पूर्ववत रुपमा फर्कने अवस्था नरहेको प्रचण्डले बताउनुभयो ।

    अहिलेको लडाइँ पूर्वमाओवादी र पूर्वएमालेबीचको नभई विचारको, आचरण र शैलीको लडाइँ भएकोले विधि, प्रक्रिया मान्नेहरु जुनबाट आएपनि एकठाउँमा हुने प्रचण्डले बताउनुभएको नेता तामाङले जानकारी दिनुभयो ।

    छद्मा रुपमा नेकपा एमाले दर्ता हुनु, ओली समूहका नेताहरुले विभाजनलाई प्रसय दिने गरी जिल्ला जिल्लाका नेताहरुसँग छलफल चलाउनु र पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन खोज्नुले पार्टी विभाजनतर्फ लम्किरहेको संकेत मिलिरहेको आशय प्रचण्डले बैठकका क्रममा व्यक्त गरेको नेता तामाङले बताउनुभयो । एकपटक असफल भएको अध्यादेश ल्याउने प्रयास ओलीले फेरि गर्न सक्नेतर्फ प्रचण्ले आशंका व्यक्त गर्नुभयो ।

    नेता तामाङका अनुसार निरन्तर सहयोग गर्दा पनि ओलीले पटक–पटक अपमान गरेको, पार्टीको विधि र पद्धतिलाई बेवास्ता गरेको, पटक–पटक भएका सम्झौता र सहमतिलाई रद्धिको टोकरीमा मिल्काएको कुरा प्रचण्डले बताउनुभएको थियो । एकता विरोधी गतिविधि ओलीबाट भइरहेकोले त्यसलाई सच्याउन आफूहरुले संघर्ष गर्नुपरिरहेको कुरा प्रचण्डले बताउनुभएको नेता तामाङले बताउनुभयो ।

    ओलीको अतिवाद र एकताका विरुद्धको गतिविधिलाई रोक्न अब पार्टीभित्र विधि, प्रक्रिया, एकतालाई जोगाउन चाहनेहरु एक ठाउँमा उभिएर लड्ने प्रचण्डको आयश थियो । अब यो प्रयास ठिक ठाउँमा नपुग्दासम्म नरोकिने पनि उहाँले बताउनुभयो । यसैबीच ओलीसँगको सहमतिमा भोलि बोलाइएको सचिवालय बैठकका लागि रणनीति बनाउन पार्टीका दुवै समूह सक्रिय भएका छन् ।

    वामदेव गौतमलाई मन्त्री बन्न बाटो खुलेपछि नेकपाको राजनीतिले नयाँ रुपधारण गर्नसक्ने अनुमान पनि भइरहेको छ । श्रोतका अनुसार वामदेवलाई रक्षा मन्त्रलायसहित उपप्रधानमन्त्रीको प्रस्ताव गरेर ओलीले सचिवालयमा आफ्नो स्थान बलियो पार्ने प्रयास गरिरएको भएको छ ।

    तर गौतमका प्रेस सहयोग विश्वमणि सुवेदीले अहिलेसम्म बालुवाटारबाट मन्त्री बन्नका लागि कुनै प्रस्ताव नआएको बताउनुभयो । तर पार्टीले आवश्यकता महसुस गरेमा मन्त्री बन्न गौतम तयार रहेको उहाँले बताउनुभयो ।

    श्रोतका अनुसार सर्वाेच्च अदालतले वामदेव गौतमलाई मन्त्री बन्न सक्ने बाटो खुला गरेको भोलिपल्टै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाक्न सहमति दिनुभएको विषय संयोग मात्रै होइन ।

    वामदेव मन्त्री बन्न सक्ने बाटो खुलेलगत्तै प्रधानमन्त्री ओलीले उहाँलाई फोन गरेर बधाई ज्ञापन गर्नुभएको थियो । विगतमाझैँ यसपटक पनि नेकपाको विवादमा गौतमले अन्तिम अवस्थामा निर्णायक भूमिका खेल्ने अनुमान थालिएको छ ।


    बिहिवार, कार्तिक २७ २०७७०७:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij