Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

  • आइतवार, मंसिर ९ २०८१

  • 897
    SHARES

  • मृत्युपश्चात अंग दान गर्ने दाताका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गर्नुभएकोछ ।

    यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो।

    भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गर्नुभएको हो ।

    मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ ।

    मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो। अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।


    आइतवार, मंसिर ९ २०८१०५:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij