Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रासायनिक मल उद्योग स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

रासायनिक मल उद्योग स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.2K
    SHARES

  • रासायनिक मल उद्योग स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले नेपालमा रासयनिक मल उद्योग स्थापना गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले रासायनिक मल काराखाना खोल्नेबारे प्रस्ताव गरेपछि त्यसका लागि समिति गठन गरिएको हो ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको जानकारी दिनुभयो ।

    समितिमा उद्योगमन्त्री, कृषि तथा पशुपंक्षीमन्त्री सदस्य रहेका छन् । समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना बनाउने भन्नेबारे सम्भाव्यता अध्ययन गर्नेछ ।

    यसैबीच, प्रधानमन्त्री ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने हुनुभएको छ । अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् ।

    अर्थ मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

    यसैगरी, सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ ।

    सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

    यस्तै, सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो ।

     


    बिहिवार, कार्तिक २७ २०७७०६:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij