काठमाडौं । देशभरमा आज एक हजार ९१३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार २४२ पुगेको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९७४ रहेको छ ।