Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रालयको निर्देशनपछी नेपाल एयरलाइन्सले घटायो हवाई भाडा

मन्त्रालयको निर्देशनपछी नेपाल एयरलाइन्सले घटायो हवाई भाडा

  • बिहिवार, मंसिर ६ २०८१

  • 683
    SHARES

  • मन्त्रालयको निर्देशनपछी नेपाल एयरलाइन्सले घटायो हवाई भाडा

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन पछी नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ। मन्त्रालयले हवाई भाडादर घटाउन दिएको विशेष निर्देशनपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमले आज एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

    विज्ञप्तिअनुसार निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको छ। भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

    निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।


    बिहिवार, मंसिर ६ २०८१०५:१८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij