Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईँ जहिले मुलुक विरोधी: खगराज अधिकारी

दुर्गा प्रसाईँ जहिले मुलुक विरोधी: खगराज अधिकारी

  • बुधवार, मंसिर ५ २०८१

  • 585
    SHARES

  • दुर्गा प्रसाईँ जहिले मुलुक विरोधी: खगराज अधिकारी

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जहिले पनि मुलुकविरोधी भएको बताउनुभएको छ ।

    अराजकता र छाडापनले भरिएका प्रसाईँले नेपालको मूल्यमान्यता भाड्ने काम गरिएको आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता अधिकारीले प्रसाईँकोबारेमा कुरा र चर्चा गर्नुको कुनै अर्थ नै नरहेको समेत बताउनुभएको छ । हिजो पक्राउ परेका प्रसाईँलाईमाथि कुनै पनि प्रतिशोध नसाधिएको स्पष्ट पार्दै कानुन र संविधानअनुसार उनलाई कारवाही हुने बताउनुभयो ।

    भ्रम र तथ्यहिन कुराहरु फैलाउँदै हिड्ने प्रसाईँको गतिविधमा आफूहरुको कुनै पनि नजर नभएको पनि नेता अधिकारीले तर्क गर्नुभयो ।

    यस्तै नेता अधिकारीले गलत काम गर्ने जुनसुकैलाई कानुन दायरामा ल्याइने कुरामा शंका नगर्न आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको प्रकरणमा नेता अधिकारीले संसदीय समितिको प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान भइरहेकाले यसलाई राजनीतिक प्रतिशोध भन्न मिल्दै नमिल्ने स्पष्ट पार्नुभयो ।

    देश र जनताको हितविपरित क्रियाकलाप गर्ने जुनसुकै पदका व्यक्ति भए पनि कारवाही हुने बताउँदै उहाँले सरकारले पोस्ने र बचाउने काम नगर्नेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।


    बुधवार, मंसिर ५ २०८१०८:३०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij