Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान गठबन्धनमा कुनै पनि समस्या आएको छैनः मीन विश्वकर्मा

वर्तमान गठबन्धनमा कुनै पनि समस्या आएको छैनः मीन विश्वकर्मा

  • मंगलवार, मंसिर ४ २०८१

  • 490
    SHARES

  • वर्तमान गठबन्धनमा कुनै पनि समस्या आएको छैनः मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान गठबन्धनमा कुनै पनि समस्या नआउने बताउनुभएको छ ।

    नेपालको भुराजनीतिले र्सिजना गरेको जटिल र विशेष परिस्थितीमा बनेको सरकार कुनै देशसंगको सम्बन्ध अथवा आयोजनासँगको विषयलाई लिएर गठबन्धनमा समस्या, दरार नआउने नेता विश्वकर्माले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता विश्वकर्माले केहि समस्याहरु आइपरेको अवस्थामा पनि छलफलबाट समाधान गर्न सकिने बताउनुभयो । वर्तमान सरकारको अहिलेको मूख्य काम र प्राथमिकता भनेको देश र जनता भएको नेता विश्वकर्माको भनाइ रहेको छ ।

    यस्तै उहाँले अहिले नेपालको ऋणको भारी धेरै भइसकेकाले अनुदानमा बाहेक कुनै पनि ऋण लिने अवस्थामा नरहेको तर्क गर्नुभएको छ । लिनै पर्ने अवस्था आए पनि अत्यन्तै न्युन दरको व्याँजदर हुनुपर्ने र ऋण तिर्ने अवधि लामो हुनुपर्ने, नेपालले छानेको योजना हुनुपर्ने उल्लेख गर्नुभयो ।

    यस्तै हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीको भेटवार्ताका विषयमा उहाँले पछिल्लो समसामयिक विषयमा छलफल भएको बताउनुभएको छ । मन्त्रीमण्डल हेरफेरबारे छलफल भएको होकी भन्ने प्रश्नमा अहिले नै फेरबदल गर्ने विषयमा आफूहरुले नसोचेको स्पष्ट पार्नुभएको छ ।


    मंगलवार, मंसिर ४ २०८१०९:३४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij