Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि

  • मंगलवार, आषाढ २३ २०७७

  • 753
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि

    काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप भएकासमेत नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ ।

    यो अवधिमा ६ सय ८८ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ पुगेको छ । गौतमले संक्रमितमध्ये ४६ दशमलव ४ प्रतिशत निको भएको उल्लेख गरे ।

    मंगलबार ६ हजार एक सय ३३ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

    मन्त्रालयका अनुसार हाल संक्रमित भई आइसोलेनमा बस्नेको संख्या आठ हजार ६ सय ३४ छ भने क्वारेन्टाइनमा २५ हजार सात सय २७ जना छन् ।


    मंगलवार, आषाढ २३ २०७७०५:२६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij