Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल बैंकको ८८ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

नेपाल बैंकको ८८ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

  • आइतवार, मंसिर २ २०८१

  • 659
    SHARES

  • नेपाल बैंकको ८८ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न
    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले २०८१ साल कार्तिक ३० गते आफ्नो ८७ औं वर्ष पुरा गरी ८८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले गर्नुभएको थियो ।
     
    नेपालभर २२९ शाखाहरू, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याई रहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी  रुपमा अगाडि बढिरहेको प्रमुख सूचना अधिकारी होम बहादुर खड्काले जनाउनुभएको छ । करिब ९ लाख भन्दा बढी ग्राहकहरूले डिजिटल प्रविधि मार्फत बैंकिङ  सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर  बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
     


    आइतवार, मंसिर २ २०८१०२:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij