Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारलाई असफल हुने छुट छैन: शेखर कोइराला

वर्तमान सरकारलाई असफल हुने छुट छैन: शेखर कोइराला

  • आइतवार, मंसिर २ २०८१

  • 599
    SHARES

  • वर्तमान सरकारलाई असफल हुने छुट छैन: शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार पूर्णकालनै चल्नुपर्ने बताउँदै चल्नेमा पनि आफू विश्वस्त रहेको नेता कोइरालाको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सरकार ढाल्नुपर्ने कारणहरु केहि पनि नभएकाले सबैले अहिलेको सरकारलाई आफ्नो काम गर्न दिनुपर्नेमा पनि जोड दिनुभयो ।

    यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एक कार्यक्रममा सरकार उथुलपुथल हुनेबित्तिकै आफ्नो पालो आउने बताउनुभएको थियो ।

    यहि प्रसंगमा नेताकोइरालाले प्रचण्डले भनेर सरकार ढल्ने केहि पनि आधार नभएकाले यी सबै कुरा भ्रममात्रै भएको स्पष्ट पार्नुभयो ।

    यसैबीच नेता कोइरालाले गठनको क्रममा गरिएको सात बुँदे सहमति अनुसार सरकार अगाडि बढ्नुपर्ने बताउँदै उहाँले भनिएका र व्यक्ति गरिएका प्रतिवद्धताअनुसार सरकार चले पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।


    आइतवार, मंसिर २ २०८१०८:३७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij