Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजार २२ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

सेयर बजार २२ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

  • सोमवार, कार्तिक २६ २०८१

  • 851
    SHARES

  • सेयर बजार २२ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार
    काठमाडौं । सेयर बजारमा सोमबार(आज) पनि हरियाली देखिएको छ। आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेर ४९०.७२ विन्दुमा अडिएको छ।
     
    यसदिन कारोबार रकममा पनि वृद्धि भएको छ। आज ११ अर्ब ३१ करोड बढी मूल्यको कारोबार भएको हो। यसदिन ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँमा कारोबार भयो।
     
    १४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
     
    १० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ३.२० प्रतिशतले बढेर ५ हजार १९८.१९ विन्दुमा पुगेको छ । 
     
    त्यस्तै, वाणिज्य बैंक १.०४ प्रतिशतले, लगानी १.२८ प्रतिशतले, जीवन बीमा १.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०१ प्रतिशतले, म्युचुअल फण्ड ०.१५ प्रतिशतले, अन्य समूह ०.२१ प्रतिशतले र ट्रेडिङ समूह ०.७३ प्रतिशतले बढेको छ । 
     
    आज सबैभन्दा बढी फाइनान्स समूह ०.३० प्रतिशतले घटेर ३ हजार ५७३.२२ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक ०.१० प्रतिशतले, होटेल एण्ड टुरिजम ०.६३ अंकले ९०.० प्रतिशत, हाइड्रोपावर ०.०५ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घटेको छ ।
     
     
     
     


    सोमवार, कार्तिक २६ २०८१०३:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij