कर्णालीमा २८ जनाले कोरोना संक्रमण मुक्त हुँदा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल÷पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १४ संक्रमित थपिएका हुन् ।
प्रदेश अस्पताल÷पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएका परीक्षणमा सुर्खेतका ८ जना सल्यानका २ जना गरी १० जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना, दैलेख जिल्ला अस्पतालमा परीक्षणमा सुर्खेतका १ जना कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।
यो सँगै कर्णालीका कोरोना संक्रमितको संख्या १५३० पुगेको डा.तिवारीले जानकारी दिए । त्यस्तै, कर्णालीमा मंगलबार २८ जनाले जनाले कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।