Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दुई हजार ५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दुई लाख नाघ्यो

दुई हजार ५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दुई लाख नाघ्यो

  • बुधवार, कार्तिक २६ २०७७

  • 754
    SHARES

  • दुई हजार ५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दुई लाख नाघ्यो

    काठमाडौं । नेपालमा आज थप दुई हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज थप एक हजार ६६६ जना संक्रमित डिस्चार्ज भएका छन् योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

    यस्तै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

     


    बुधवार, कार्तिक २६ २०७७०५:०९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij