सुदूरपश्चिमका थप २२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । थप २२ जनामा कोरोना पुष्टी भएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गरि जनाएको हो । थपिएका संक्रमितमध्ये कैलालीका १७ र अछामका ५ जना रहेका छन ।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ महिला र १४ पुरुष गरी २२ जनामा सङ्क्रमण पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा अछामको मल्लेखका ३० र ६६ वर्षीया महिला, १९, ३० र ४० वर्षीय पुरुष रहेका छन् ।
यस्तै, कैलालीको लम्कीचुहाका २० वर्षीय २ युवक, २४, २६, २७, २८, ३४, ३६, ३७, ३८ वर्षीय पुरुष र ४, २५ र ३२ वर्षीया महिला छन् । यस्तै, यता गोदावरी नगरपालिकाका ९ वर्षीय बालक र २०,२६ र ३३ वर्षीया महिला छन् ।