Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

नेपाली बजारमा अप्रत्याशित मूल्यवृद्धि, उपभोक्ताकर्मीहरूलाई बजार अनुगमन गर्न सुरक्षा थ्रेट (खास खबर)

नेपाली बजारमा अप्रत्याशित मूल्यवृद्धि, उपभोक्ताकर्मीहरूलाई बजार अनुगमन गर्न सुरक्षा थ्रेट (खास खबर)

सडेगलेका तिहार सामाग्रीहरु बिक्रिीवितरण भइरहेको खुलासा
  • बिहिवार, कार्तिक १५ २०८१

  • 701
    SHARES

  • नेपाली बजारमा अप्रत्याशित मूल्यवृद्धि, उपभोक्ताकर्मीहरूलाई बजार अनुगमन गर्न सुरक्षा थ्रेट (खास खबर)

    काठमाडौं । नेपालीहरुका महान चाडबाड नजिकिँदै गर्दा बजारमा अप्रत्यासित मूल्यवृद्धि हुने गरेको छ । अहिलेको अवस्थामा बजारको अनुगमन फितलो हुँदा आम उपभोक्ता मारमा परेका छन् । बजारमा अनुगमन गर्न जाँदा उपभोक्ताकर्मीहरुलाई समेत सुरक्षा थ्रेट हुने गरेको खुलासा भएको छ । सरकारको अनुगमन गर्ने संयन्त्रले लापरवाही गर्दापनि नागरिकहरुले दुख पाउने गरेका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले बजारमा अनुगमन गर्दासमेत सुरक्षाको ग्यारेन्टी नभएको दाबी गर्नुभयो । केही समय अगाडि अनायासै आफूहरुले अनुगमन गर्दा दुख पाएको उहाँको दाबी रहेको छ ।

    बजारमा सामान्य नागरिकले किनमेल गर्नसक्ने परिस्थिति बनेको छैन । भएका खाद्यवस्तुहरु पनि अखाद्य हुने डरैडरमा सामानहरु किन्नुपर्ने बाध्यता रहेको छ । राज्यका संयन्त्रहरुनै बजार अनुगमनका निम्ति सक्रिय हुन जरुरी रहेको छ । निजी क्षेत्रबाट हुने अनुगमनले मात्रै बजार सफा हुनेस्थिति होइन । उपभोक्ताको पक्षमा वकालत गर्ने भन्दै च्याउजस्तै उम्रिएका संस्थाहरु पनि एकजुट नहुँदा विचौलियाहरुको हाबी भएको छ । बजारको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने उपभोक्ताकर्मी ज्योति बानियाँको भनाइ रहेको छ ।

    बजारमा महंगी स्वभाविक भएको छ । बाढीपहिरोबाट धेरै संरचना क्षतविक्षत भएका छन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने नागरिकहरुलाई विभिन्न चाडबाडमा सस्तो र सौहार्दपूर्ण जीवनयापनका लागि सरकारले तदारुकता देखाउन सक्नुपर्दछ । बजार अनुगमन गर्ने विभिन्न निकायहरुको पनि सुरक्षाको ग्यारेन्टी लिनसक्नुपर्दछ ।

     

     


    बिहिवार, कार्तिक १५ २०८१०८:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij