Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भयो : माधव नेपाल

कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भयो : माधव नेपाल

  • बुधवार, कार्तिक १४ २०८१

  • 543
    SHARES

  • कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भयो : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गर्नुभएको छ ।

    नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताउनुभयो ।

    देशको आफ्नै विशेषतालाई ध्यानमा राखेर समाजवादको आफ्नो मोडेल अघि सार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीले यहाँ अवसरहरू पाएको छ
    र भूमिका पनि खेलेको छ । त्याग, तपस्या, बलिदानको कीर्तिमान नै कायम गरेको छ । कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर हिजोआज अहिले चरम रूपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाईँ प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टिकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो ।’

    भ्रष्टाचारका विरुद्धमा जुध्दै जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

     


    बुधवार, कार्तिक १४ २०८१०४:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij