Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई छोड्न मिल्दैँन: विष्णु रिजाल

सकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई छोड्न मिल्दैँन: विष्णु रिजाल

  • बुधवार, कार्तिक १४ २०८१

  • 566
    SHARES

  • सकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई छोड्न मिल्दैँन: विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई छोड्न नमिल्ने बताउनुभएको छ ।

    संसदीय समितिको प्रतिवेदनले दोषी देखाएपछि कानुनी कारबाहिमा परेका लामिछानेलाई सरकारले नछोड्ने र छोड्न पनि नमिल्ने नेता रिजालको भनाइ छ ।

    सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछाने सहितको सहमतिमा रास्वपाकै सांसद समेत रहेको समतिले दिएको प्रतिवेदनका आधारमा छानविन गरिएको र छानविनमा दोषि देखिएपछि प्रहरीको अनुसन्धान र अदालतको अनुमतिले थुनामा राखिएकोले यसलाई राजनीति प्रतिशोध भन्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।

    अदालतको अनुमतिबाहेक कसैले केहि गर्न नसक्ने भएकाले यसमा व्यक्तिग स्वार्थ र सरकारले थुनेको भनेर विभिन्न टिका टिप्पणी गर्न आवश्यक नै नरहेको नेता रिजालको तर्क छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले अहिले अदालती छानविन चलिरहेकाले यो छानविनमा लामिछाने दोषि नदेखिएको अवस्थामा छुटिहाल्ने बतनउनुभयो ।

    पछिल्लो छानविन प्रक्रियाहरु सबै अदालतको हातमा रहेकाले छानविनलाई प्रभाव पार्नेखाले कामहरु नगर्न पनि नेता रिजालले आग्रह गर्नुभएको छ ।

    यस्तै सरकारले आफ्नालाई बचाएको भन्ने हल्लाको खण्डन गर्दै उहाँले यो प्रकरणमा दोषि देखिएका सत्तापक्षकै नेता भए पनि कारवाहि हुने विश्वास दिलाउनुभयो ।


    बुधवार, कार्तिक १४ २०८१०८:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij