Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार ठहरिए मलाई पनि पक्राउ गरियोस्, रविलाई पहिला ओलीले नै बचाए : प्रचण्ड

भ्रष्टाचार ठहरिए मलाई पनि पक्राउ गरियोस्, रविलाई पहिला ओलीले नै बचाए : प्रचण्ड

  • शनिवार, कार्तिक १० २०८१

  • 611
    SHARES

  • भ्रष्टाचार ठहरिए मलाई पनि पक्राउ गरियोस्, रविलाई पहिला ओलीले नै बचाए : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाउनुभएको छ । शनिबर काठमाडौंमा भएको खबरदारी सभामा बोल्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गर्नुभयो ।

    सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्‍यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ ?’

    उहाँले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गर्नुभयो ।


    शनिवार, कार्तिक १० २०८१०५:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij