Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघ्यो

देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघ्यो

  • शनिवार, कार्तिक १० २०८१

  • 741
    SHARES

  • देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघ्यो

    काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेंगु संक्रमितको संख्या २७ हजार १५३ जना पुगेको हो।

    यस्तै, यस अवधिमा ११ जना संक्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा संक्रमण देखिएको इडिसिडीको विवरणमा उल्लेख गरिएको छ।

    यस्तै, हाल सबैभन्दा धेरै संक्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी संक्रमित छन। इडिसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना संक्रमित रहेका छन्। यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार ५७ जना संक्रमित छन्। भक्तपुरमा ६ सय २८ जना संक्रमित छन्।

    हाल सबैभन्दा धेरै डेंगु संक्रमणदर कास्की र काठमाडौमा रहेको छ कास्कीमा हाल संक्रमणदर २६ प्रतिशत रहेको छ भने काठमाडौंमा १५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा मनसुन सुरु हुने समय जुन–जुलाईदेखि डेंगु संक्रमण देखिन सुरु हुने र सेप्टेम्बर र अक्टोबर महिनामा संक्रमण उच्च तहमा पुगेर ओरालो लाग्ने गरेको पाइए पनि यो वर्ष गत वर्षको तुलनामा सेप्टेम्बर अक्टोबर महिनामा कम डेंगु संक्रमण भएको देखिएको छ।


    शनिवार, कार्तिक १० २०८१०२:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij