Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारः आज पनि बजार राताम्य, यस्तो छ कारोबार

सेयर बजारः आज पनि बजार राताम्य, यस्तो छ कारोबार

  • बिहिवार, कार्तिक ८ २०८१

  • 756
    SHARES

  • सेयर बजारः आज पनि बजार राताम्य, यस्तो छ कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज पनि राताम्मे बनेको छ। साताको अन्तिम दिन आज पनि परिसूचक २३.३६ अंकले घटेर २६२२.०३ विन्दुमा बन्द भएको हो।

    हिजो नेप्से परिसूचक २०.४१ अंकले घटेको थियो।आज हाइड्रोपावरबाहेक सबै समूहको परिसूचक घटेको छ।हाइड्रोपावर समूहको परिसूचक ०.३६प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

    आज ६७ कम्पनीको सेयर मूल्य बढेको छ।१७० कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर छ।नेपाल एसबिआई बैंकको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ।

    पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०५ प्रतिशतले वृद्धि भएको छ।पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। हिजो ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।


    बिहिवार, कार्तिक ८ २०८१०३:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij