Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन: चित्रबहादुर केसी

रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन: चित्रबहादुर केसी

  • बिहिवार, कार्तिक ८ २०८१

  • 769
    SHARES

  • रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध होइन: चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध नभएको बताउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा कार्यकर्ताले दिनहुँजसो विरोध प्रदर्शन गर्नु भनेको नाङगो झार जस्तै भएको देखिने केसीले आरोप लगाउनुभयो ।

    देशलाई शुसासन दिन्छौ, भ्रष्टचारमुक्त नेपाल बनाउँछौँ भनेर आएका रास्वपाका कार्यकर्ताहरुको अहिलेको गतिविधिले उनिहरुको नैतिक र चरित्र प्रस्टै पारेको नेता केसीको भनाइ छ ।

    गल्ती कमजोरी गरेरै अदालतले आदेश जारी गरेर छानविन गर्न खोज्दा विधिको शासनमा जान नमान्नेले लुट्नेबाहेक देशको लागि केहि गर्न नसक्ने तर्क गर्दै उहाँले रास्वपाको नियत, निती र चत्रि छर्लङ भएको स्पष्ट पार्नुभयो ।

    यस्तै नेता केसीले वर्तमान सरकार भ्रष्ट र लुटपाटमै लिप्त भएको आरोप पनि लगाउनुभएको छ । सय दिने प्रगतीविवरण सार्वजनिक गरेको सरकारले जनतालाई अनुभुति हुने एउटा पनि काम नगरेको पनि उहाँको तर्क रहेको छ ।

    गठनको बेला गरिएका प्रतिवद्धता भन्दा बाहिर रहेर सरकार चलिरहेकाले यो सरकारबाट पनि देश र जनताको लागि केहि नहुने प्रस्टै भइसकेको नेता केसीको भनाइ छ । संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बन्दा केहि आसा जगाएका जनता फेरि निराश भएको उहाँले बताउनुभयो ।


    बिहिवार, कार्तिक ८ २०८१०८:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij