Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ६५ हजार ९ सय पुग्यो

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ६५ हजार ९ सय पुग्यो

  • मंगलवार, कार्तिक ६ २०८१

  • 423
    SHARES

  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ६५ हजार ९ सय पुग्यो
    काठमाडौं । सुनको मूल्यले हरेक दिन रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार(आज) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
     
    सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो । दसैँयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
     
    दसैँ बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैँ बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।
     
    असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
     
    त्यस्तै चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ रहेको थियो ।
     
    मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।
     
     
     


    मंगलवार, कार्तिक ६ २०८१०१:४७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij