Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा

कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा

  • मंगलवार, आश्विन २९ २०८१

  • 891
    SHARES

  • कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा
    काठमाडौं । यो वर्षको बडा दसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
     
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।
     
    प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।


    मंगलवार, आश्विन २९ २०८१०४:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij