Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.4K
    SHARES

  • सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

    सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।  


    मंगलवार, कार्तिक २५ २०७७०६:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij