Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचन एक्लै लड्ने

माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचन एक्लै लड्ने

  • मंगलवार, आश्विन २२ २०८१

  • 631
    SHARES

  • माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचन एक्लै लड्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ ।

    प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो ।

    अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु ।” फरक प्रसङ्गमा उहाँले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो ।

     


    मंगलवार, आश्विन २२ २०८१०२:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij