Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रभु समुहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

प्रभु समुहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

  • सोमवार, आश्विन २१ २०८१

  • 437
    SHARES

  • प्रभु समुहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

    काठमाडौं । असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको भन्दै प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    राष्ट्रिय विपदको दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आज प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई रु. १,७५,००,००० (अक्षरेपी एक करोड पचहत्तर लाख रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नुभयो ।

    image001.png

    प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

    साथै, प्रभु समुहले बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको शीध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।


    सोमवार, आश्विन २१ २०८१०३:००:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij