काठमाडौं। नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैँया सहयोग गरेको छ।
नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको नेपाल बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योग धन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो। उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुन अनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।
Press Release CSR National Flood.pdf :To download file click her