Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि चाडपर्व लक्षित खसीबोका र च्याङ्ग्राको बिक्री खुला

आजदेखि चाडपर्व लक्षित खसीबोका र च्याङ्ग्राको बिक्री खुला

  • आइतवार, आश्विन २० २०८१

  • 364
    SHARES

  • आजदेखि चाडपर्व लक्षित खसीबोका र च्याङ्ग्राको बिक्री खुला

    काठमाडौं । चाडपर्व लक्षित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

    कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो ।

    यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हिजोसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिनुभयो ।

    हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
    च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ ।

    चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ । निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन्


    आइतवार, आश्विन २० २०८१०७:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij