Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुःख वाँड्न आज १ बजे रामचन्द्र चन्द सांगीतिक कार्यक्रम हुदैं

दुःख वाँड्न आज १ बजे रामचन्द्र चन्द सांगीतिक कार्यक्रम हुदैं

  • सोमवार, आश्विन १४ २०८१

  • 1.1K
    SHARES

  • दुःख वाँड्न आज १ बजे रामचन्द्र चन्द सांगीतिक कार्यक्रम हुदैं

    काठमाडौँ । रोग बाड्न सकिन्न, दुःख बाड्न सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक कार्यक्रम आज हुन लागेको छ ।

    सांस्कृतिक संस्थान, जमलमा दिउसो १ बजेपछि हुने सांगीतिक साँझ सेवाभावका लागि आयोजना गर्न लागिएको र कार्यक्रमको सबै तयारी पुरा भएको कार्यक्रम संयोजक तथा गायीका मन्जु पौडेलले जानकारी दिनुभयो।

    गुल्मीमा जन्मेका गायक चन्दले लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आउनु भएको छ । सुमधुर स्वर र बहुप्रतिभाका धनी गायक चन्दका विभिन्न बिधाका दर्जनौं गीत अहिले पनि उत्तिकै चर्चामा रहेका छन्।

    गुल्मी कलाकार समाज, काठमाडौंको आयोजना र गुल्मेली समाज काठमाडौंको सहआयोजनाको हुन लागेको ‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’मा गायक चन्दले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नुहुनेछ ।

    स्रष्टा र संस्कृतीको संरक्षणका लागि आयोजित कार्यक्रममा आर्थिक, नैतिक र भौतिक साथ सहयोगको अपिल गर्दै सबैलाई खुला निमन्त्रणा गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो। विभिन्न व्यवसायीक संस्थाहरुको सहयोग रहेको यस कार्यक्रमको मिडिया पार्टनर नेपाली रेडियो नेटवर्क पनि हो ।


    सोमवार, आश्विन १४ २०८१०८:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij