Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्ड–नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै

सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्ड–नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै

  • सोमवार, कार्तिक २४ २०७७

  • 972
    SHARES

  • सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्ड–नेपाल समूहले दिएको ‘अल्टिमेटम’ आज सकिँदै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदनअघि लिखित माग गरेका थिए ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

    ओलीले पहिले दुईजना अध्यक्षबीच सहमति कायम गरेर मात्रै बैठक बोलाउने अडान लिनुभएको छ भने उहाँले आफू नै अहिले पहिलो अध्यक्ष भएको र आफ्नो सहमतिबिना कुनै पनि बैठक बोलाउन नमिल्ने तर्क गर्दै आउनुभएको छ ।

    यसैबीच, प्रधानमन्त्री ओलीले विघटित कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

    नेकपा स्थायी कमिटीमा उत्पन्न विवाद सुल्झाउन साउन ३० गते कार्यदल बनाइएको थियो । यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गरेको थियो ।

    कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा समस्या र नेताहरुको आ(आफ्नै बुझाइ भएपछि थप छलफलका लागि बोलाइएको बालुवाटार स्रोतले जनाकारी दियो ।

    महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

     


    सोमवार, कार्तिक २४ २०७७१२:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij