Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार..

सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार..

  • बुधवार, आश्विन ९ २०८१

  • 771
    SHARES

  • सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ आजको कारोबार..

    काठमाडौं। सेयर परिसूचक नेप्सेमा आज हरियाली छाएको छ। उच्च अंकले बढेको नेप्से आज ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको छ । यसअघि सोमबार र मंगलबार नेप्से उच्च अंकले घटेको थियो ।

    अघिल्लो दिन रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकोमा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ। कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा सेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।

    आज बैङ्किङ १.८, विकास बैङ्क २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन्।

    विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ।

     


    बुधवार, आश्विन ९ २०८१०४:४३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij