Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मेटमणिको विषयलाई लिएर झलनाथमाथि माधवको झापट

मेटमणिको विषयलाई लिएर झलनाथमाथि माधवको झापट

  • शुक्रवार, आश्विन ४ २०८१

  • 753
    SHARES

  • मेटमणिको विषयलाई लिएर झलनाथमाथि माधवको झापट

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको विषयलाई गीत बनाएर हिँड्न आवश्यक नभएको जवाफ फर्काउनुभएको छ ।

    नेता खनालले उपमहासचिव एवम् सांसद चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गर्नुभएको थियो ।

    चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत पोख्नुभएको थियो ।

    त्यसबारेमा पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्ने प्रष्ट रुपमा भनिसकेपछि त्यसलाई गीत बनाउन आवश्यक छैन।’

     


    शुक्रवार, आश्विन ४ २०८१०३:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij