Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सहमतिबिना संविधान संशोधन हुनै सक्दैँनः प्रचण्ड

राष्ट्रिय सहमतिबिना संविधान संशोधन हुनै सक्दैँनः प्रचण्ड

  • शुक्रवार, आश्विन ४ २०८१

  • 636
    SHARES

  • राष्ट्रिय सहमतिबिना संविधान संशोधन हुनै सक्दैँनः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना संविधान संशोधन हुनै नसक्ने बताउनुभएको छ ।

    कांग्रेस र एमालेले आफूहरुलगायत अन्य दललाई बाहिर राखेर नेपालमा संविधान संशोधन असंभव रहेको बताउँदै प्रचण्डले अहिले पनि शान्ती सम्झौता र शान्ती प्रक्रियाको अंगको रुपमा रहेको र शान्ती प्रक्रियालाई सम्पूर्णरुपले नटुङग्याउँदासम्म कांग्रेस–एमालेले आफूखुशी संशोधन गर्न पाउने ठाउँनै नरहेको स्पष्ट पार्नुभयो ।

    पुर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले यसरी संविधान संशोधन गर्छौ भनेर भन्नु जनतालाई भ्रमीत पार्ने चाल भएको आरोपसमेत लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्दै संविधान संशोधन जनताले अहिलेसम्म प्राप्त गरेको अधिकार खोस्नका लागि नभइ अझै थप्नका लागि हुनपर्नेमा जोड दिनुभयो ।
    यस्तै अर्को प्रसँगमा प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताउनुभएको छ ।

    देशमा सात नभएर १४ प्रदेशको आवश्यकता भएको बताउँदै उहाँले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने तर्क गर्नुभयो ।

    पुर्वप्रधानमन्त्री प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो भएको समेत बताउनुभएको छ । उहाँले आफूहरू पूर्ण समानुपातिक प्रणालीको पक्षमा रहेको समेत स्पष्ट पार्नुभएको छ ।


    शुक्रवार, आश्विन ४ २०८१०८:४९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij