काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आज भेटवार्ता गरेका छन् । सोक्रममा ओलीले नेपाललाई सहकार्यको प्रस्ताव राख्नुभयो ।
त्यसको जवाफमा नेपालले ओलीलाई फराकिलो सोंच बनाएर नेत्तृत्व गर्न आग्रह गर्नुभयो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाउनुभएको थियो ।
अपरेसनपछि झनै जोश बढेको र फुलेका जुँगा कालो हुन थालेको प्रसंग प्रधानमन्त्रीले सुनाउनुभएको उहाँले बताउनुभयो ।