Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकको स्वागत

अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकको स्वागत

  • बुधवार, आश्विन २ २०८१

  • 716
    SHARES

  • अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकको स्वागत

    काठमाडौं। अपाङ्गता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गर्नु भएको थियो ।

    सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ ।

    बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।

    अपाङ्गता भएका पर्यटकहरुको आगमन र उहाँहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताउनु भयो ।

    “हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री टे«ल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलाङ्गका लगिमात्र नभई अपाङ्गताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ ।” उहाँले भन्नुभयो ।

    विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गर्नु भयो । “नेपाल प्रकृतिको अनुपम उपहार हो ।

    यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृतिर आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ ।विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ , उहाँले भन्नु भयो ।

    नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उहाँले आउने दिनमा यो सम्बन्ध थप मजवुत हुने विश्वास व्यक्त गर्नु भयो । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपाङ्गता भएका व्यक्तिहरुको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वरभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताउनु भयो ।

    “इच्क्षा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो । जुन इच्क्षा शक्ति र आत्मविश्वासले तपाईहरुलाई नेपालसम्म आइपुग्न अभिप्ररित गयो । यसले अपाङ्गता भएका अन्य वयक्तिहरुमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ । ”उहाँले भन्नु भयो ।

    इजरायली राजदुतावासको समन्यवमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


    बुधवार, आश्विन २ २०८१०३:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij